गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन

भक्तपुर | भदौ १, २०८१

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन

भक्तपुर:     भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज छानबिन समिति गठन गरेको छ । 

    
हिजो दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आउनुभएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । 

    
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी सहायक प्र्मुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    
समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला हुनुहुनुन्छ । 

    
यसअघि आजै गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न प्रहरीले पनि छानबिन समिति गठन गरिसकेको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनाएर आजदेखि काम सुरु गरेको प्रहरीले जानकारी दिएको छ । 


युवा सङ्घले बुझायो ज्ञापनपत्र

    
सोही दुर्घटनाका सम्बन्धमा राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी भक्तपुरले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

    
सङ्घका अध्यक्ष रबिन थापाको नेतृत्वको युवा सङ्घको टोलीले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै हिजो गठ्ठाघरमा भएको दुर्घटनामा चालकलाई कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यबस्था गरिदिन माग गरेको छ । 

    
साथै सङ्घका अध्यक्ष थापाले ज्ञापनपत्रमार्फत प्रजिअ श्रेष्ठलाई दुर्घटना न्यूनीकरणका दीर्घकालीन उपाय अवलम्बन गर्न, सडक मर्मत गर्न, सडक बत्ती नियमित बल्ने व्यबस्था गर्न, ट्राफिक लाइटको नियमित बल्ने व्यवस्था गर्न लगायतको माग गरेको छ । 
    
    
त्यस अवसरमा प्रजिअ श्रेष्ठले घटनाबारे युवाहरुले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले भीडलाई थप आक्रोशित बनाएको भन्दै युवाले यस्ता घटनालाई रोक्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले दुर्घटनामा गल्ती गर्ने जोसुकै भए पनि कारबाहीको दायरमा ल्याइने बताउनुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्